ट्रेण्डिङ

ज्ञान

  • अनलाइन काभ्रे
  • / अन्य /
  • २०८१ चैत्र ३, आईतबार (१ साल अघि)
  • ४४४ पटक पढिएको
ज्ञान

हावा पानी बहे कै छन्
बाटो चाहिएन
हिमाल पहाड उठेकै छन्
साटो चाहिएन

दिलमा बेरा लागि सक्यो
भाटो चाहिएन
मनमा रोटी पाकि सक्यो
आंटो चाहिएन

शंका लंका पुगि सक्यो
यान चाहिएन
मनले कुरा बुझि सक्यो
ज्ञान चाहिएन