ट्रेण्डिङ

वेदना

  • अनलाइन काभ्रे
  • / अन्य /
  • २०८२ जेष्ठ २८, बुधबार (१ साल अघि)
  • ५३६ पटक पढिएको
Post Thumbnail

नासो संगै हराएको
हाँसो खोज्दैछु
हर्ष बिहीन नयनबाट
आँशु पोख्दैछु

एकान्तमा घोत्लिएर
गीत कोर्दैछु
गीत होईन हृदयमा
शीत छर्दैछु

बिरहमा गुनगुनाउँदै
मन सम्हाल्दै छु
निकटताले मैलिएको
दिल पखाल्दै छु

बगाएर अश्रु धारा
मन सिंचाउंदै छु
मुर्झाएको हृदयमा
फुल फुलाउंदै छु

मितिः २०८२ जेठ २८ गते