ट्रेण्डिङ

नेपाली कांग्रेसको १५औं महाधिवेशनको लागि काभ्रे कांग्रेस क्षेत्र नं. १ ले टुंग्यायो उम्मेदवारको सिफारिस

  • अनलाइन काभ्रे
  • / राजनीति /
  • २०८२ मंसिर २६, शुक्रबार (७ महिना अघि)
  • ३६७ पटक पढिएको
नेपाली कांग्रेसको १५औं महाधिवेशनको लागि काभ्रे कांग्रेस क्षेत्र नं. १ ले टुंग्यायो उम्मेदवारको सिफारिस

काभ्रे । नेपाली कांग्रेसले १५औं महाधिवेशनको मिति तय गरेलगत्तै काभ्रे कांग्रेस क्षेत्र नं. १ ले उम्मेदवारको सिफारिस टुंग्याएको छ ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोक प्रतिनिधी सभा क्षेत्र नं १ ले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधी सभा र राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको हो ।
सभापति दिनेश लामाको अध्यक्षतमा बसेको प्रतिनिधी सभा क्षेत्र नं १ को बैठकले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको लागि उम्मेदवारको नाम जिल्लालाई सिफारिस गरेकोमा प्रतिनिधी सभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गणेश लामा, जिल्ला सचिव गुणराज मोक्तान, नेता तिर्थ पसखल, धुलिखेल नगर सभापती बिदुरबहादुर बस्नेत र रसिला खनालको नाम जिल्लामा सिफारिस गर्ने निर्णय भएको सचिव गुणराज मुक्तानले जानकारी दिए ।
प्रतिनिधिसभा समानुपातिक सदस्यको लागि ६ जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय सभापति लामाका अनुसार आदिवासी जनजातितर्फ हर्षजीत लामा र हरिबहादुर बल, आदिवासी जनजाति महिलातर्फ ललिता किङरिङ, दलिततर्फ मिरा नेपाली, अपाङ्गता भएका तर्फ उद्धव कोइराला र अल्पसंख्यकतर्फ बाबुराम गिरी सिफारिस भएका छन् ।
राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारको लागि इन्द्रमणी अधिकारी र नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष इश्वरी ओझाको नाम जिल्लामा सिफारिस भएको सचिव विद्यासागर लामाले जानकारी दिए ।