ट्रेण्डिङ

मनराज महत नेपाली कांग्रेसमा प्रवेश

  • अनलाइन काभ्रे
  • / राजनीति /
  • २०८२ माघ १०, शनिबार (७ महिना अघि)
  • ३६३ पटक पढिएको
मनराज महत नेपाली कांग्रेसमा प्रवेश
काभ्रे । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा नेपाली कांग्रेस बनेपाद्वारा शनिबार आयोजित नगरस्तरीय समन्वयात्मक कार्यक्रममा नेकपा एमाले निकट अखिल नेपाल किसान संघ बनेपा–५ निवासी मनराज (जंगबहादुर) महतसहित दर्जनौं एमालेका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस बनेपा नगर सभापति महेश कुमार कर्माचार्यको सभापतित्वमा भएको उक्त समन्वयात्मक कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार मधु प्रसाद आचार्य र नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति महेश खरेलले टीका लगाई नेपाली कांग्रेसको सदस्यता प्रदान गरेका हुन् ।