ट्रेण्डिङ

तिजको अवसरमा एकल नृत्य प्रतियोगिता

  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८३ भाद्र २८, आईतबार (१५ घण्टा अघि)
  • २८ पटक पढिएको
तिजको अवसरमा एकल नृत्य प्रतियोगिता

भक्तपुर । हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतन स्कुलले एकल नृत्य प्रतियोगिता २०८३ गरेको छ ।
संस्कृति, परम्परा र चाडपर्व सम्बद्र्धन अनि संरक्षणमा विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले महिलाहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा एकल नृत्य प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
मौलिक संस्कृतिको सकारात्मक सन्देश दिने सांस्कृतिक पर्वहरुको संरक्षण र प्रवद्र्धन तथा यी यस्ता पर्वहरुको मूल्य र महत्व दर्शाउन उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले बताए ।
प्रतियोगितामा जुनियरतर्फ मानवी श्रेष्ठ प्रथम, रुबी प्रजापति द्वितीय र पुर्णिमा मिश्र तृतीय भएका थिए भने सिनियर तर्फ आरजु ढुंगाना प्रथम, सिंथिया बादे द्वितीय, लियाना बस्नेत र श्रिया देउलाले तृतीय स्थान हासिल गरेका थिए ।
निर्णायकका रूपमा लामो समयदेखि नेपाली मौलिक लोक नृत्यको क्षेत्रमा अनवरत सक्रिय वरिष्ठ नृत्य निर्देशक अमरकृष्ण चन्द रहेको प्रतियोगिता विद्यालयका शिक्षिका यमुना प्रजापतिको संयोजनमा सम्पन्न भएको थियोे ।