ट्रेण्डिङ

राष्ट्रिय कृषि कम्पनी नेपाल (आर.के.सि.एन.एल.) फुड बैंक अब पनौतीमा

  • अनलाइन काभ्रे
  • / कृषि /
  • २०८३ बैशाख ३, बिहिबार (३ महिना अघि)
  • ५२४ पटक पढिएको
राष्ट्रिय कृषि कम्पनी नेपाल (आर.के.सि.एन.एल.) फुड बैंक अब पनौतीमा

काभ्रे । पनौती नगरपालिका वडा नं. ४ ठाडोबाटोस्थित राष्ट्रिय कृषि कम्पनी नेपाल (आर. के. सि. एन.एल.) फुड बैंक ‘माटोदेखी सफलता’ नारासहित आगामी शनिबार (२०८३ वैशाख १०) सञ्चालन हुने भएको छ ।
बिहीबार भएको सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रममा कम्पनीका अध्यक्ष विशाल हुमागाईंले आर. के. सि. एन.एल. फुड बैंकले गर्ने कार्यहरू, कृषिमा भएको चुनौती, कमी कमजोरी, समाधान र नीतिगत प्रणाली विकासका बारेमा विस्तृत रूपमा जानकारी गराएका छन् ।
कृषिमा प्रमुख चुनौती बजार व्यवस्थापनको अभाव, उपभोगको अभाव इत्यादीलाई समाधान यो आर. के. सि. एन. एल. ले गर्ने हुमागाईंले बताए । उनले केही गर्न सकिएन भने कृषि पेशा अपनाउने भन्ने सोचलाई बदल्नुपर्नेमा जोड दिए ।
कृषि पेशालाई उकास्नको लागि उपभोक्ताको मागअनुसार कृषकहरूलाई सोही अनुरुप खेती गर्न लगाई किसानले उत्पादन गरेका तरकारी तथा फलफूलहरूले मूल्य पाउनेछ । आर. के. सि. एन. एल. ले उत्पादनलाई बिक्री मात्रै गर्ने नभई प्रणालीकि विकास गर्ने हुमागाईंले बताउँदै यो वर्षमा ८ सयदेखी १ हजारसम्म किसान समूह बनाउने र २०८७ सालसम्म ६० लाख किसान समूह बनाउने लक्ष्य राखिएको बताए ।


कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम, उपप्रमुख रिमबहादुर तामाङ, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, विभिन्न मिडियाका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो भने कम्पनीका सचिव विष्णु बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।