ट्रेण्डिङ

भुईं किसानलाई बैंकबाट कृषि कर्जा लिन कठिन छः प्रमुख गौतम

  • अनलाइन काभ्रे
  • / कृषि /
  • २०८३ बैशाख ३, बिहिबार (३ महिना अघि)
  • २३९ पटक पढिएको
भुईं किसानलाई बैंकबाट कृषि कर्जा लिन कठिन छः प्रमुख गौतम

काभ्रे । कृषि कर्जा तथा बीमामा कृषकको पहुँच बढाउन बैंक, बीमा कम्पनी र कृषकहरूसँग अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले भुईं किसानलाई बैंकबाट कृषि कर्जा लिन कठिन भएको बताए ।
बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै गौतमले कृषि क्षेत्रमा बीमा कम्पनीले इच्छा नदेखाएको र अनुदान पहुँचवालाले मात्रै पाउने गरेको सम्बन्धित किसानले नपाएको बताए ।
गौतमका अनुसार कृषकलाई दिइने कर्जा कम्तीमा पनि २५ वर्षको समयावधि राखिनुपर्नेमा जोड दिए । कर्जाको समयावधि बढाउँदा कृषकले तिर्नुपर्ने ब्याज समयमै तिर्नसक्ने, कर्जाको भार कम हुने र कर्जाप्रति कृषक इमान्दार हुने बताए ।
त्यस्तै वागवानी विकास अधिकृत रितेशकुमार झाले नेपालमा कृषि, पशुपंक्षी तथा जडीबुटी बीमामा हालसम्मको नीतिगत व्यवस्था, बीमाको वर्तमान अवस्था, समस्या, चुनौती र समाधानका बारेमा स्पष्ट पारेका छन् । झाका अनुसार गत वर्षभन्दा यो वर्षको तथ्यांकले कृषि तथा पशुपंक्षी बीमा बढेको जानकारी गराए । पहिले लागतको आधारमा अनुदान दिइन्थ्यो भने अहिले उत्पादनको आधारमा अनुदान दिने गरेको छ । ०८१।०८२ मा ४१ करोड रकम बाली बीमा भुक्तानीका लागि विनियोजन भएकोमा १७ करोड ७ लाख भुक्तानी भएको छ भने ०८२।०८३ मा ४० करोड विनियोजन भएको अधिकृत झाले जानकारी दिए ।