
काभ्रे । नक्खु करागारबाट फरार भएका कैदीले आफ्नै श्रीमतीको हत्या गरी फरार भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
काभ्रेको पनौती नगरपालिका वडा नं. १२ स्थित, गागलका ३५ वर्षीय सन्त बहादुर तामाङले उनका श्रीमती ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको हो ।
पनौती नगरपालिका वडा नं १२ का वडा अध्यक्ष जय राम केसीका अनुसार सन्त बहादुर तामाङले मनिषालाई असोजको ३ गते राती करिब १ बजेको समयमा हत्या गरेको बुझिएको जानकारी दिए । शनिबारदेखि मनिषा सम्पर्कविहिन भएपछि माइती पक्षलाई शंका लागेपछि खोजी गर्दा उनलाई घर (गागलबाट
) करिब डेढ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएको वडा अध्यक्ष केसीले बताए ।
नक्खु कारागारबाट फरार रहेका सन्त बहादुर गाउँ फर्किएको छिमेकीले एक दिन÷दुई दिन अघि मात्रै थाहा पाएको र घरमै लुकेर बसेको छ भन्ने छिमेकमा थाहा लगत्तै सो घटना भएको बताउँदै ४ वर्ष अघि सन्त बहादुरलाई जबरजस्ती करणी अभियोगमा कारागार पठाएको वडा अध्यक्ष केसीले बताए ।
