ट्रेण्डिङ

उच्च शिक्षामा बनेपा नगरपालिकाले हेर्ने दृष्टिकोण अतुलनीय छः नगर प्रमुख शाक्य

काभ्रे क्याम्पसको सातौं क्याम्पस सभा
  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८२ कार्तिक २९, शनिबार (११ महिना अघि)
  • ३४४ पटक पढिएको
उच्च शिक्षामा बनेपा नगरपालिकाले हेर्ने दृष्टिकोण अतुलनीय छः नगर प्रमुख शाक्य

काभ्रे । काभ्रे बहुमुखी क्याम्पसको सातौं क्याम्पस सभामा प्रमुख अतिथि एवं बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले उद्घाटन गर्दै क्याम्पस संचालकले पारदर्शीता देखाएकोले उच्च शिक्षामा बनेपा नगरपालिकाले हेर्ने दृष्टिकोण अतुलनीय रहेको बताए ।
शनिबार सम्पन्न भएको सभामा प्रमुख शाक्यले समय सापेक्षित युवाहरुलाई समेटिने शैक्षिक सामग्री र संकायहरु अध्ययन अध्यापन गर्न क्याम्पसलाई अनुरोध गरे ।
सभालाई सम्बोधन गर्ने क्रममा क्याम्पस संचालक समितिका सदस्य राजु सरकारले शिक्षा क्षेत्रलाई राजनीतिबाट बचाउन सके मात्र शैक्षिक क्षेत्र दिगो हुनसक्ने बताउँदै पार्टीका झोले कार्यकर्ताहरुबाट शैक्षिक संस्थालाई मुक्त राख्नु जरुरी भएकोमा जोड दिए ।
कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस संचालक समितिका उपाध्यक्ष एवं वरिष्ठ साहित्यकार मोहन दुवालले गरेका थिए भने संचालक समितिका सदस्य शिला कतिलाले शुभकामना मन्तव्य राखेका थिए । संचालक समितिका अध्यक्ष लम्बोदर कायस्थको सभापतित्वमा सम्पन्न भएको क्याम्पस सभामा क्याम्पस प्रमुख केजी बैदारले वार्षिक प्रगति प्रतिवेदन र आय व्यय विवरण, लेखा समितिका संयोजक एवं कोषाध्यक्ष रामराजा धौवडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।