ट्रेण्डिङ

पशुपतिको प्रसिद्ध त्रिशूल जात्रा

तीन कालखण्डको घटनामा आधारित
  • अनलाइन काभ्रे
  • / कला/संस्कृति /
  • २०८२ अषाढ २, सोमबार (१ साल अघि)
  • ४१० पटक पढिएको
पशुपतिको प्रसिद्ध त्रिशूल जात्रा

सिद्धीबहादुर कर्माचार्य
श्री पशुपतिनाथ क्षेत्रमा अबस्थित दश महाविद्या शक्ति पीठहरुबाट परापूर्ब काल देखि शक्ति प्रदान भइ आएको मान्यता छ । समय परिस्थितिले गर्दा केही शक्ति पीठहरुको नाममा केही परिवर्तन भएको भएता पनि शक्ति प्रदान गर्नमा कुनै कमि भएको पाईन्न । त्यस्तै केहीको स्थानमा परिबर्तन भएको भएता पनि शक्ति प्रदान गर्ने कुरामा आस्था र बिश्वाश सहिसलामत रहेको पाईन्छ । यीनै दश महाविद्या शक्ति पीठहरुमा शक्ति पूजाहरु भइ शक्ति प्राप्त गरी जात्राहरु मनाइ आएका छन् । त्यसै मध्येको एक प्रसिद्ध र महत्वपूर्ण भनि गनिएको त्रिशूल जात्रा पनि हो । जस्को लागि जयमंगला जयबागेश्वरी र भुवनेश्वरी शक्ति पीठहरुबाट शक्ति प्राप्त गरी स्थानीयवासीहरुले त्रिशूल जात्रा संचालन गरी राक्षसहरुको आतंकबाट सुरक्षित रहेको एक उदाहरण को रुपमा रहेको छ । जुन प्रत्येक बर्ष आषाढ़ कृष्ण पक्ष अष्टमी (भल भल अष्टमी ) को दिन भुवनेश्वरी जयमंगला, र जयबागेश्वरी शक्ति पीठहरु मा शक्ति पूजाहरु भइ शक्ति प्राप्त गरी शक्तिशाली भइ राक्षसहरुसँग संघर्ष गरी शक्ति प्रदर्शन गरी तर्साउन यो जात्रा मनाइ आएको मान्यता छ । जसमा नेवा दर्शन र सिद्धान्त अनुसार शक्ति पींठमा, शक्ति पूजाबाट शक्ति प्राप्त गरी शक्तिमान भएर स्थानीयवासीहरुले राक्षसहरुसंग संघर्ष गरी सफल जीवन जिउने यी उदाहरण प्रस्तुत गरेको छ ।


१. त्रिशूल जात्रा

श्री पशुपतिनाथ क्षेत्रको दश महाविद्याहरु मध्येको तीन शक्ति पीठहरु भुवनेश्वरी, जयमंगला र जयबागेश्वरीमा एकै दिन गरिने यो प्रसिद्ध त्रिशूल जात्रा को लागि प्रत्येक शक्ति पीठहरु मा अलग अलग भब्य शक्ति पूजाहरु भइआएको छ । जसबाट स्थानीयवासीहरुले शक्ति प्राप्त गरी शक्तिमान हुने मौका उपलब्ध भएको छ । यसै जात्राहरु मार्फत प्रत्येक वर्ष राक्षसहरुको बच्चाहरु ल्याई त्रिशूलले घोचेर मारेर प्रदर्शन गरेको सम्झनामा प्रत्येक वर्ष भल भल अष्टमीको दिन जात्रा गरी प्रदर्शन गरेर राक्षसहरुलाई तर्साउने काम भई आएको मान्यता छ ।यसमा तीन कुराहरु प्रष्ट देखिन्छ । एउटा कुरा, शक्ति पीठहरुमा विभिन्न समयकालमा विभिन्न सिद्धि प्राप्त आचाजु पुजारीहरुबाट भब्य शक्ति पूजाहरु भइ स्थानीयवासीहरुलाई शक्ति उपलब्ध गराई शक्तिमान बनाई राक्षसहरुसंग संघर्ष गर्न तैयार गराएको देखिन्छ । दोस्रो कुरा, त्रिशूल जात्रामा प्रयोग गरिने खट्को पूर्ण तान्त्रिक विधि विधान अनुसार पशुबलि चढाएर शक्ति पूजा गरी शक्तिमान बनाएको पाईन्छ । तेस्रो कुरा, त्रिशूल जात्रामा त्रिशूलमा घोचिएर रहनको लागि बालबच्चाहरुलाई पनि तान्त्रिक बिधि अनुसार तैयार पारिएको पाईन्छ । यसरी यस जात्रा मार्फत नेवा दर्शन र सिद्धान्तको पनि प्रदर्शन भएको मान्यता छ ।


२. हाल आएर यी तीनै शक्ति पीठहरुमा एकै दिनमा विभिन्नस्तरका शक्ति पूजाहरु गरी त्रिशूल जात्रा मनाउने भएता पनि यसको ऐतिहासिक घटनाहरु विभिन्नकाल खण्डमा भएको भान हुन्छ । अनि यी सबै शक्ति पूजाहरु तान्त्रिक विधि अनुसार सम्पन्न भएको पाईन्छ । यस्मा सबभन्दा महत्वपूर्ण शक्ति पूजा शक्ति पीठहरु मानै भएको पाईन्छ । दोस्रो महत्वपूर्ण पूजा जात्राको लागि तैयार पारिएको खटमा तान्त्रिक विधि अनुसार नै शक्ति पूजा भएको पाईन्छ । तेस्रो महत्वपूर्ण शक्ति पूजा खट्मा त्रिशूलमा घोचिएर बस्ने बाल बच्चाहरुलाई पनि तान्त्रिक बिधि अनुसार नै तैयार पारिएको पाईन्छ । यी घटनाहरु कुन समय कालमा भएका हुन र यस्मा को को कसरी सम्बन्धित रहेका थिए भन्न गाह्रो छ । तर बिभिन्न काल खण्डमा भएको भान हुन्छ । भैरवी (जयमंगला) शक्तिपीठ मा शक्ति पूजा भइ जम्बूद्वीप वरिपरि आइ दुख दिने राक्षसहरु को आतंक बाट सुरक्षित रहन स्थानीय वासीहरु लाई शक्तिशाली बनाइ संघर्ष गर्न सक्षम बनाएको भान हुन्छ । भुवनेश्वरी शक्ति पीठ आगनमा दुख कष्ट पुर्याउने राक्षसहरुलाई तर्साउन भुवनेश्वरी शक्ति पीठका पूजारी आचाजुहरुले भब्य शक्ति पूजा गरी स्थानीय वासीहरु लाई शक्तिशाली बनाई राक्षसहरुसँग संघर्ष गर्न सक्षम बनाएको प्रष्ट देखिन्छ । त्यस्तै नागार्जुन पहाडको बनमा लुकेर बसेका राक्षसहरुले ग्वलको सिफल मैदानमा खेलिरहेको बाल बच्चाहरु लाई उठाएर लगेर मारेर खाने/ख्वाउने गरेर आतंक मचाएको बेलामा मातंगी शक्तिपीठका सिद्धि प्राप्त आचाजुहरुबाट शक्ति पूजा भइ स्थानीय वासीहरु लाई शक्तिमान बनाई त्रिशूल जात्रा मार्फत तर्साएर भगाएको भान हुन्छ । यसरी हेर्दा यी तीन शक्ति पीठहरुमा तीन फरक फरक समयमा वा काल खण्डमा राक्षसहरुबाट भएको आतंकबाट सुरक्षित रहन शक्ति पूजाहरु गरी शक्तिशाली भएर राक्षसहरुको बच्चाहरु लाई त्रिशूलले घोचेर मारेर राक्षसहरु लाई देखाएर तर्साएर भगाएको भान हुन्छ । तर यसको कुनै प्रमाण भने छैन । साधारण घटना क्रम बाट यस्तो भान हुन्छ भनेको मात्र हुं । त्यसो त यो कुरा कुनै किम्बदन्ति मा सम्म पनि उल्लेख भएको पाईन्न ।


३. पशुपतिनाथ क्षेत्रमा जात्राहरु तान्त्रिक देवीहरुबाट शक्ति प्राप्तगरी मनाउने कुरी सबैलाई सर्वविदितै छ। त्रिशूल जात्रामा पनि शक्ति पूजा गरी समह्यबजी चढाए पछि पंचमकार चढाउन पनि अनिवार्य नै देखिन्छ ।त्यसकारण तीनै शक्ति पीठहरुमा पशुवलि चढाएर तान्त्रिक विधि अनुसार शक्ति पूजाहरु भएको पाईन्छ ।त्यस्को साथ साथै खट् को एउटा मुख्य स्तम्भमा पनि शक्ति पूजा गरी मात्र सो खटमा बालबालिका चढाएर त्रिशूल जात्रा गर्दछन् ।
३.१. भुवनेश्वरी शक्ति पीठमा सिद्धि प्राप्त गरेका धेरै पुजारीहरु भएको बिभिन्न किम्बदन्तिहरु बाट प्रष्ट हुन्छ । तर त्यसमा पनि तीन जना प्रसिद्ध भएको उल्लेख भएको छ । ती हुन ए आचाजु भूमिदत्त आचाजु र बन्धुदत्त आचाजु । तिनीहरु सबै ठूलो शक्ति साधक भएर सिद्धि प्राप्त गरेका थिए । भुवनेश्वरी माता सबैको साधनाबाट सन्तुष्ट थिए र आफ्नो भक्त मान्दथे । यिनीहरू माताको ईच्छा अनुसार अन्नको दानाहरुबाट पशु उत्पत्ति गरी मातालाइ पशुवलि दिन सक्षम थिए । भनिन्छ वहाँहरू  माताको ईच्छा बुझेर प्रसन्न पार्न सक्तथे । त्यस मध्येको एक जना भूमिदत्त आचाजुले पछि पछि लागेर आएको आफ्नै छोरा लाई समेत वाचा अनुसार बलि दिएर पछि छोराको ज्यान संजीवनी अमृतको घडा लिएर आएर बचाउने संकल्प सम्म गरेका थिए । ती आचाजु संजीवनी अमृत घडा लिएर हालको नयाँ बानेश्वर स्थित छक्कुबक्कु पुग्दा एक जना कुश्लेले तिम्रो छोराको लास त जलाई सक्यो भन्दा आचाजु आफ्नु त्यत्रो मेहनत खेर गएको र भुवनेश्वरी देवीसँग गरेको संकल्प अधुरो भएको देखेर सोही स्थानमा आफ्नु सिद्धिबल प्रयोग गरी आफुले ल्याएको अमृत घडा सहित शिलामा समाहित भएको किंवदन्ती प्रसिद्ध छ ।
३.२. अर्को आख्यान अनुसार नागर्जुन पहाडको जंगलमा लुकेर बसेका राक्षसहरुले ग्वलको सिफलमा खेलेर बसेका साना बाल बच्चाहरु लाई जबर्जस्ति उठाएर लगेर हत्या गरी मानेर खाने गरेको थियो । राक्षसबाट आजित भएको ग्वल वासीहरु को अनुरोधमा जय बागेश्वरी शक्ति पीठका आचाजुबाट शक्ति पूजाहरु गरी ग्वलवासीहरुलाई शक्तिमान बनाएर राक्षसहरुकै छोरा छोरीहरु ल्याई तन्त्र बलको प्रभावले हत्या गरि त्रिशूलले घोचेर ग्वल क्षेत्र परिक्रमा गरी प्रतिशोध साँधेको भान हुन्छ । यसमा के पनि देखिन्छ भने आचाजुहरु ले शक्ति पीठको देवीलाई जगाई त्रिशूल जात्रा मचातिया संचालन गर्न स्थानीयवासीहरुलाई सक्षम बनाउँछन् । यस्तो प्रदर्शन गरेपछि नागार्जुनको राक्षसहरु तर्सेर दुःख कष्ट दिन आउन छोडेको मान्यता छ । जयमंगला शक्तिपीठको किंवदन्ती अझ फर्क देखिएको कारण पनि यो घटना विभिन्न कालखण्डको हो कि भन्ने भान हुन्छ । जय श्री जयमंगला ! जय श्री भुवनेश्वरी ! जय श्री जयबागेश्वरी ! जय श्री त्रिशूल जात्रा !