
काठमाडौं । जुझारु युवाहरुको सक्रियतामा स्वतस्फूर्त रुपमा हरेक वर्ष जनवरी १ का दिन मनाइने अन्तर्राष्ट्रिय टोपी दिवस आज पनि मनाइएको छ । काठमाडौंको वसन्तपुरमा एक कार्यक्रम गरी १२ औं टोपी दिवस मनाइएको हो ।
जागरुक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ । यस वर्षकाे टाेपी दिवसकाे नारा ‘सबै पाेशाककाे सम्मानः नेपाली टाेपी नेपालकाे पहिचान’ रहेकाे छ ।
विगत केही वर्ष काेराेना संक्रमणलगायतका कारण औपचारिक कार्यक्रम नगरिए पनि गत वर्षदेखि भने औपचारिक कार्यक्रमसहित टाेपी दिवस मनाउन थालिएकाे र याे वर्ष पनि मनाइएकाे संस्थाका संस्थापक रामजी बलामीले जानकारी दिए । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले कालाेटोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न संस्थाले सरकारसँग जोडदार माग गरेको छ ।
वसन्तपुरमा जम्मा भएका अभियन्ताहरुले राष्ट्रिय पहिचान संकटमा परेको भन्दै यसलाई बचाउन आव्हान गरेका छन् ।
वसन्तपुरमा औपचारिक कार्यक्रममा सहभागी युवाहरु : हेरौं तस्वीरमाः




