ट्रेण्डिङ

राधाकृष्ण बिस्कुट इन्डष्ट्रिजद्वारा असहाय बालबालिका र वृद्धवृद्धालाई सहयोग

  • अनलाइन काभ्रे
  • / समाज /
  • २०८३ श्रावण ११, सोमबार (७ घण्टा अघि)
  • ५ पटक पढिएको
राधाकृष्ण बिस्कुट इन्डष्ट्रिजद्वारा असहाय बालबालिका र वृद्धवृद्धालाई सहयोग

काभ्रे । पनौती नगरपालिका ७ मा रहेको प्राणनाथ माइती वृद्धाश्रममा आश्रित असक्त, असहाय वृद्ध वृद्धालाई राधाकृष्ण बिस्कुट इन्डष्ट्रिज धुलिखेलले प्राणनाथ माइती वृद्धाश्रम र मानव सेवा मानव कल्याण सेवा बाल संस्थालाई पोषण राहत स्वरुप बिस्कुट सहयोग गरेको छ ।
प्राणनाथलाई राधाकृष्ण बिस्कुटले करिव बीस हजार बराबरको बिस्कुट र मानव कल्याण बाल आश्रम पनाैती ५ ढलमलेमा आश्रित असहाय बालबालिकाकाे लागि करिव १७ हजार रकम बराबरकाे बिस्कुट सहयोग गरेको हाे ।
प्राणनाथ र मानव सेवालाई सहयोग समाजसेवी तथा राधाकृष्ण बिस्कुट इन्डष्ट्रिजका प्रबन्धक जीवन बस्नेतको पहलमा राधाकृष्ण बिस्कुट इन्डष्ट्रिज धुलिखेल ५ ले उपलब्ध गराएको बिस्कुट वृद्धाश्रममा आश्रित वृद्ध वृद्धा तथा मानव सेवामा आश्रित बालबालिकाका लागि राहत स्वरुप एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।
वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरु तथा मानव सेवाका बालबालिकालाई साउनको झरीमा पौष्टिक आहार राहत स्वरुप सहयोग गरिएको राधाकृष्ण बिस्कुटका प्राेपाइटर दिलिप श्रेष्ठले जानकारी दिए ।
आगामी दिनमा पनि वृद्धाश्रमलाई सहयो उपलब्ध गराउने बताउँदै बस्नेतले यसरी सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
वृद्धाश्रममा देशका विभिन्न स्थानका ४६ जना वृद्धवृद्धा आश्रित रहेका छन् भने मानव सेवामा ३६ जना बालबालिका आश्रित छन् ।