ट्रेण्डिङ

सञ्चालकसहित जुवा खेल्ने ७ जना पक्राउ

  • अनलाइन काभ्रे
  • / अपराध /
  • २०८३ श्रावण २२, शुक्रबार (२ महिना अघि)
  • १८८ पटक पढिएको
सञ्चालकसहित जुवा खेल्ने ७ जना पक्राउ

काभ्रे । बनेपा नगरपालिका–६ बुडोलडाँडा क्षेत्रमा तास (जुवा) खेलिरहेको अवस्थामा ७ जनालाई जिल्ला प्रहरी काभ्रेले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार साउन १७ गते साँझ करिब ६ः०० बजे बनेपा–६ स्थित हाइवे सेकुवा कर्नर तथा थकाली रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
प्रहरीले तास खेलिरहेका ६ जना र होटल सञ्चालक १ जनासहित ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । घटनास्थलबाट एक बुक तास र ९० हजार ३ सय ४५ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–१ घर भई हाल बनेपा–६ बस्दै आएका होटल सञ्चालक सन्तोष तिमिल्सिना तथा तेमाल गाउँपालिका–२ का पासाङ तामाङ, कुनसाङ तामाङ, रूपेश रानामगर, कुलबहादुर मगर, सुजन नेपाली र धनबहादुर धिताल रहेका छन् ।