ट्रेण्डिङ

बसले स्कुटरलाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु

  • अनलाइन काभ्रे
  • / अपराध /
  • २०८३ श्रावण २९, शुक्रबार (७ घण्टा अघि)
  • १३ पटक पढिएको
बसले स्कुटरलाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु

काभ्रे । बनेपा नगरपालिका–७ चारदोवाटो चोक नजिक शुभकामना हल अगाडी बनेपा–पनौती सडक खण्डमा बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा.३ ख २०१४ नं. को बसले सोही दिशा तर्फ जाँदै गरेको बा.प्र.०२–०४२प १५९९ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडी सवार व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मृत्यु हुने व्यक्ति पनौती नगरपालिका ८ मल्पी बस्ने वर्ष ६९ को देबेन्द्र बहादुर खत्री रहेको जनाएका छन् । खत्रीको दुवै हातमा चोट र छातीमा भित्रि चोट लागि उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाएको र उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । स्कुटर चालक वर्ष ४१ को सन्तोष खत्री भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
बस चालक पनौती–३ कुशादेवी बस्ने सुरेश सापकोटा र दुवै साधन इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको छ भने सोही स्थानमा पार्किङ्गमा राखिएको बा.५१ प ३२० नम्वरको मो.सा. र ON TEST TVS दुबै मोटर साईकलमा पनि ठक्करबाट क्षति भएको प्रहरीले जनाएको छ ।