ट्रेण्डिङ

रिच इट लर्निङ सेन्टर अब बनेपामा पनि

विदेशमा कमाएको पैसा र ज्ञानलाई आफ्नै देशमा उपयोग गरी रोजगारी सिर्जना हुन्छ: अध्यक्ष वैद्य
रिच इट लर्निङ सेन्टर अब बनेपामा पनि

काभ्रे । विगत ६ वर्षदेखि आफ्नो सेवा प्रदान गर्दै आइरहेको रिच इट लर्निङ सेन्टरले बनेपाको चारदोबाटोस्थित नयाँ कार्यालय बिहीबार उद्घाटन गरेको छ ।
काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले उद्घाटन गर्दै पछिल्लो समय राज्यको नीति नियमले आम व्यवसायीहरूलाई धेरै नै गाह्रो बनाएको महसुस गरेको बताए । यस्तो अवस्थामा कन्सल्टेन्सीहरूले वैदेशिक रोजगार र गुणस्तरीय शिक्षा प्रदान गर्नतर्फ अघि बढिरहेको छ । हाल देशको परिस्थिति हेर्दा २०/२५ लाख लगानीमा कुनै व्यवसाय गर्न सकिने स्थिति छैन ।
वैद्यले कमाई भनेको धन-सम्पत्ति मात्र होइन आफूले आर्जन गरेको ज्ञान पनि हो । विदेशमा गएर कमाएको पैसा र ज्ञानलाई आफ्नै देशमा उपयोग गर्नसके रोजगारीको सिर्जना हुने बताए ।
कार्यक्रममा रिच इट्का सञ्चालक अमिर बुढाथोकीले वर्षमा करिब एक सयभन्दा बढी विद्यार्थीहरूले IELTS, PTE र Japanese Language अध्ययन गर्ने गरेको जानकारी दिँदै विगत २ वर्षदेखि भने वैदेशिक शिक्षा हासिल गर्न रिच इट्बाट १ सय जना विद्यार्थीहरू गइसकेको जानकारी दिए ।
कार्यक्रममा सञ्चारकर्मी, विभिन्न संस्थाका प्रतिनिधिहरू, विद्यार्थीहरू लगायतको उपस्तिथि रहेको थियो । रिच इट्को शाखा कार्यालय पाँचखालमा पनि सञ्चालन भइरहेको जनाएको छ ।